गुडविल फाइनान्सको नाफामा छलाङ्ग, १४४ प्रतिशतले बढ्यो खुद नाफा, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले खुद नाफामा छलाङ्ग मारेको छ । फाइनान्सले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण अनुसार फाइनान्सले ७ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यस अवधीमा कम्पनिले २ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो गत वर्षको तुलनामा १ सय ४४ प्रतिशतले उकालो लागेको हो ।
नाफासंगै कम्पनिको खुद ब्याज आम्दानी पनि बढेको छ । फाइनान्सले पहिलो ३ महिनामा १४ करोड ३० लाख रुपैयाँ ब्याज कमाएको छ । गत वर्ष ६ करोड २१ लाख रुपैयाँ व्याज आम्दानी गरेको थियो । यो गत वर्षको तुलनामा १ सय ३० प्रतिशतले उकालो लागेको हो ।
सार्वजनिक विवजरण अनुसार फाइनान्सले फाइनान्सले १० अर्ब २७ करोड निक्षेप संकलन गरि ७ अर्ब ७१ करोड कर्जा लगानी प्रवाह गरेको छ । गत वर्षको तुलनामा निक्षेप संकलन २ र कर्जा लगानी ५ प्रतिशतले बढी हो ।
चुक्तापुंजी ८६ करोड ७२ लाख रुपैयाँ रहेको फाइनान्सले १ अर्ब १८ करोड रुपैयाँ जगेडा कोषमा राखेको छ ।
कम्पनिको प्रति सेयर आम्दानी ३२ रुपैयाँ ८४ पैसा, प्रति सेयर नेटवर्थ २३६ रुपैयाँ ४५ पैसा र मुल्य आम्दानीको अनुपात २३।५७ गुणा रहेको छ ।