प्रदेश १ को मुख्यमन्त्रीमा राई « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

प्रदेश १ को मुख्यमन्त्रीमा राई



काठमाडौं । प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्रकुमार राई नियुक्त भएका छन् । मुख्यमन्त्री अधिकारीले राईलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन ।

पाँच दलीय गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारीले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

भीम आचार्यले हिजो सोमबार राजीनामा दिएपछि प्रदेश प्रमुख अधिकारीले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । त्यसलगतै राईले ४९ जना संसादको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दावी पेश गरेका थिए ।

राईलाई एकीकृत समाजवादीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदको समर्थन सहित मुख्यमन्त्रीमा दावी गरेका छन् । राईले आजै चार पार्टीबाट एक एक जना मन्त्रीलाई शपथ गराउनेछन् ।


प्रतिक्रिया दिनुहोस्