२३ अंकले बढ्यो शेयर बजार , परिसुचक २८४३.१२ मा पुग्यो « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

२३ अंकले बढ्यो शेयर बजार , परिसुचक २८४३.१२ मा पुग्यो



काठमाडौं । आज मंगलबार शेयर बजार २३ अंकले बढेको छ । हिजो १७ अंकले घटेको बजार आज २३.७६ अंकले बढेको हो । शेयर बजारसंगै शेयर कारोबार मापक नेप्से परिसुचक पनि आज बढेर २८४३.१२ अंकमा पुगेर बजार बन्द भएको छ । हिजो परिुचक २८१९.८६ अंकमा पुगेके थियो ।

यस दिन बैकिङ्ग, व्यापार र लगानि बाहेक सबै समुहमा हरियाली छाएको छ । मंगलबार कारोबार रकम भने घटेको छ । आज दिनभर २ सय ३० कम्पनिको ९ करोड ९७ लाख ७ हजार ४ सय ४३ कित्ता शेयर ५९ हजार ८ सय ८१ पटक किनबेच हुदा ६ अर्ब ७३ करोड ७ लाख १६ हजार रुपैयाँको कारोबार भएको छ । हिजो ७ अर्ब ७७ करोड ७५ लाख १० हजार रुपैयाँको कारोबार भएको थियो ।

यस दिन सबैभन्दा बढि विकास बैंक सुमुहका लगानिकर्ताले कमाएका छन । आज विकास बैंक १९१, जिवन विमा १५९, निर्जिवन विमा समुह १५७, अन्य ७२, फाइनान्स र हाईड्रोपावर ४८,होटल एण्ड टुरीजम ४१ अंकले बढेको हो । त्यसैगरी बैकिङ्ग, व्यापार र लगानि क्रमश ०.२३, ६९ र ०.१५ अंकले बढेको हो ।


प्रतिक्रिया दिनुहोस्