ग्लोबल आइएमई बैंकका ग्राहकहरुले तिहारमा बिगमार्टबाट सामान किन्दा १० प्रतिशत छुट पाउने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तिहारको तीन दिन बिगमार्टबाट सामान किन्दा विशेष छुट दिने योजना सार्वजनिक गरेको छ । यो योजना लक्ष्मीपूजाको दिनदेखि भाइटिकाको दिनसम्म चल्नेछ ।
यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बिगमार्टको कुनैपनि आउटलेटबाट सामान खरिद गर्दा कुल खरिदको १० प्रतिशत वा ३०० सम्म छुट पाउनेछन् ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८३ शाखा, २५२ एटीएम, २६२ शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २७ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।












