माहुली लघुवित्तसहित नेप्सेमा ४ कम्पनीको शेयर सूचिकृत, कुनको कति ? « Arthapath.com
१६ कार्तिक २०७८, मंगलवार

माहुली लघुवित्तसहित नेप्सेमा ४ कम्पनीको शेयर सूचिकृत, कुनको कति ?



काठमाडौं । मंगलबार नेप्सेमा ४ वटा कम्पनिको बोनश शेयर सुचिकुत भएको छ । आज नेप्सेमा नेको इन्स्योरेन्स, माहुली लघुवित्त, उन्नत्ति सहकार्य लघुवित्त र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको हो ।

माहुली लघुवित्तको २० प्रतिशत बोनश शेयर वापतको ३ लाख ७३ हजार २४० कित्ता नेको इन्स्योरेन्सको १५।५० बोनश शेयर बापतको २० लाख ४२ हजार १९ कित्ता शेयर नेप्सेमा सूचिकुत भएको हो ।

त्यसैगरी आजै जनउत्थान सामुदायिक लघुवित्तको ४९.४० प्रतिशत बोनश शेयर वापत ३ लाख ९१ हजार २४८ कित्ता शेयर र उन्नत्ति सहकार्य लघुवित्तको १७.८१ प्रतिशत बोनश शेयर वापत २ लाख ६६ हजार ३३० कित्ता शेयर नेप्सेमा सूचिकुत भएको छ ।

सूचिकृत भएका शेयर भोली बुधबारबाट कारोबार हुने छ ।


प्रतिक्रिया दिनुहोस्