मेरो माइक्रोफाइनान्सको नाफामा छलाङ, २९७ प्रतिशतले बढ्यो नाफा, प्रतिशेयर आम्दानी कति ?

काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार माईक्रोफाइनान्सले पहिलो तिन महिनामा १२ करोड ८५ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको तुलनामा २९७.७८ प्रतिशतले धेरै हो । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड २५ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
लघुवित्तले विभिन्न बैङ्क तथा वित्तीय संस्थाबाट १० अर्ब ८३ करोड १६ लाख रुपैयाँ सापटी गरी १५ अर्ब २७ करोड ११ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले २ अर्ब ६७ करोड ५४ लाख रुपैयाँ निक्षेप सङ्कलन गरेको छ । यो ४७ प्रतिशतले बढेको हो । लघुवित्तको खुद ब्याज आम्दानी बढेर २७ करोड १९ लाख ६८ हजार रुपैयाँ पुगेको छ ।
चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको लघुवित्तले १ सय ४७ प्रतिशत धेरै बढाएर ९५ करोड ५८ लाख १४ हजार रुपैयाँ जगेडा कोषमा छुटाएको छ । सार्वजनिक विवरण अनुसार कम्प निको सञ्चालन नाफा १६ करोड १७ लाख ७८ हजार रहेको छ । लघुवित्तले पहिलो ३ महिनामा ४ करोड भन्दा धेरै खराब कर्जा उठाएको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी पनि ३६.३० ले बढेर ५१.४२ रुपैयाँ पुगेको छ । प्रतिशेयर नेटवर्क १९५.५८ रुपैयाँ रहेको छ ।
