जनउत्थान लघुवित्तको बोनस शेयर शेयर धनीको डिम्याट खातामा जम्मा « Arthapath.com
२३ कार्तिक २०७८, मंगलवार

जनउत्थान लघुवित्तको बोनस शेयर शेयर धनीको डिम्याट खातामा जम्मा



काठमाडौँ । जनउत्थान लघुवित्त वित्तीय संस्थाको बोनस शेयर शेयर धनीको डिम्याट खातामा जम्मा भएको छ । लघुवित्तले ४९.४० प्रतिशत बोनस शेयर शेयरधनीहरुको  डिम्याट खातामा जम्मा गरेको हो । शेयर अभौतिकरण नगरेका शेयरधनीहरुलाई अभौतिकरण गरेपछि खातामा जम्मा गर्ने जनाएको छ ।

लघुवित्तको शेयर रजिस्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । गत वैशाख ३० गते सम्पन्न भएको १० औँ साधारण सभाले ४९ .४० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्