आज मंगलबार कतिमा कारोबार हुदैछ सुनचाँदी ?

काठमाडौं । आज मंगलबार सुनको भाउ घटेको छ । हिजो १५ सय रुपैयाँले बढेको सुन आज २ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ९२ हजार ३ सय तेजावि सुन ९१ हजार ८ सयमा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदी स्थीर रहदै प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सोमबार सुन एकैदिन तोलामा १५ सय रुपैयाँले बढेर ९२ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । हिजो सोमबार चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
