स्वरोजगार लघुवित्तको खुद नाफा ४ करोड ८० लाख पुग्यो, प्रतिशेयर आम्दानी ४६ रुपैयाँ « Arthapath.com
२३ कार्तिक २०७८, मंगलवार

स्वरोजगार लघुवित्तको खुद नाफा ४ करोड ८० लाख पुग्यो, प्रतिशेयर आम्दानी ४६ रुपैयाँ



काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ३९.११ प्रतिशतले बढेको छ । लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत वर्षको सोही अवधिमा लघुवित्तले ३ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो गत वर्षको तुलनामा ३९ प्रतिशत धेरै हो ।

लघुवित्तले सार्वजनिक गरेको  चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी पनि उल्लेख्य रूपमा बढेको छ । लघुवित्तले १० करोड ३५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ५२ लाख रुपैयाँ ब्याज आमदानी गरेको थियो । यो गत आर्थिक वर्षको तुलनामा १२९.११ प्रतिशतले बढेको हो ।

लघुवित्तको सञ्चालन मुनाफा ६ करोड ८२ लाख रहेको छ । गत वर्षको पहिलो त्रैमासमा लघुवित्तको सञ्चालन मुनाफा १४ करोड ६७ लाख रुपैयाँ ऋणात्मक रहेको थियो । यो १२५.२३ प्रतिशत बढेको हो ।

सार्वजनिक विवरण अनुसार लघुवित्तको चुक्ता पुजी १२.३९ प्रतिशतले बढेर ४१ करोड १२ लाख ७९ हजार पुगेको छ । त्यसैगरी लघुवित्तको जगेडा कोष १००.४१ प्रतिशतले उकालो लागेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले २ अर्ब ७४ करोड ४ लाख रुपैयाँ निक्षेप सङ्कलन गरेको छ । यो गत वर्षको तुलनामा ३७.८६ प्रतिशत धेरै हो । गत वर्षको सोही अवधिमा १ अर्ब ९८ करोड ७७ लाख रुपैयाँ निक्षेप सङ्कलन गरेको थियो । लघुवित्तले विभिन्न बैङ्क तथा वित्तीय संस्थाबाट ३ अर्ब २ करोड ३३ लाख रुपैयाँ सापटी परिचालन गरी ६ अर्ब ३८ करोड ७३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । कम्पनिको सापटी  र कर्जा लगानी क्रमशः ८७.०४ प्रतिशत र कर्जा ५८.१६ प्रतिशतले बढेको हो ।

नाफा तथा अन्य सु चकमा पनि सकारात्मक परिवर्तन भएसङै कम्प निको प्रतिशेयर आम्दानी ४६ रुपैयाँ ७५ पैसा पुगेको छ । भने प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ ९१ पैसा रहेको छ । 


प्रतिक्रिया दिनुहोस्