ग्लोबल आइएमई बैङ्कका ग्राहकहरूले दराजको ११:११ अफरमामा १५ प्रतिशत छुट पाउने

काठमाडौँ । ग्लोबल आइएमई बैङ्कका ग्राहकहरूले दराजको ११:११ अफरमा दराजबाट अनलाइन मार्फत सामान किन्दा १५ प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ ।
यस छुट योजनाअन्तर्गत ग्राहकहरूले ग्लोबल आइएमई बैङ्कको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नोभेम्बर महिनाको ११ तारिखमा दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको १५ प्रतिशत छुट पाउनेछन् । बैङ्कको डेबिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत वा ३,००० सम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत वा ३५ सयसम्म छुट पाउनेछन् ।
आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गरी बैङ्कले यस्ता किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ग्लोबल आइएमई बैङ्कले ७६ जिल्लामा बैङ्कको २८६ शाखा, २५२ एटिएम, २६२ शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २७ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।