गुराँस लघुवित्तको साधारण सभाले १७.७८ प्रतिशत लाभांश पारीत गर्यो « Arthapath.com
२४ कार्तिक २०७८, बुधबार

गुराँस लघुवित्तको साधारण सभाले १७.७८ प्रतिशत लाभांश पारीत गर्यो



काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । न्यु अञ्जुली होटल धनकुटामा संस्थाका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा लघुवित्तको साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभाले आर्थिक वर्ष ७७/७८ सम्मको मुनाफाबाट चुक्ता पुँजी ८ करोड ३४ लाख रुपैयाँकोे ०.८८ प्रतिशत नगद लाभांश र १६.९० प्रतिशत बोनश शेयर गरी १७.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारीत गरेको छ ।

साधारण सभाले आर्थिक वर्ष ७७/७८ को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षण भएको आ.व. ७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित वित्तीय विवरणहरु तथा संस्थाको प्रबन्धपत्र तथा नियमावलीका विभिन्न दफाहरु संशोधनको प्रस्ताव समेत पारित गर्नुका साथै आव ७८/७९का लागि लेखापरिक्षक नियुक्ती समेत गरेको छ ।

त्यसैगरि सभाले संस्थापक समूह “क” अन्तर्गत रिक्त रहेका ४ जना संचालकहरुमा उदयनारायण बराल, अशोक गौतम, राजु प्रसाद अधिकारी र विजय कुमार दाहाललाई निर्विरोध निर्वाचित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्