आँधिखोला लघुवित्तको खुद नाफा ४१ प्रतिशतले बढ्यो , प्रतिशेयर आम्दानि कति ?

आँधिखोला लघुवित्तको खुद नाफा ४१ प्रतिशतले बढेको छ । बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तिय विवरण अनुसार लघुवित्तले ९३ लाख ४४ हजार नाफा कमाएको छ । गत वर्षको सोही अवधीमा कम्पनिले ६६ लाख ६ हजार रुपैयाँ नाफा कमाएको थियो । यो गत वर्षको तुलनामा ४१ प्रतिशतले बढेको हो । समिक्षा अवधीमा लघुवित्तले ५२ लाख १७ हजार खराब कर्जा उठाएको हो ।
चुक्तापुँजी १० करोड रहेको लघुवित्तले ७ करोड ७ लाख ९ हजार रुपैयाँ जगेडा कोषमा सञ्चित गरेको छ । लघुवित्तले पहिलो ३ महिनामा ३९ करोड ४ लाख निक्षेप संकलन तथा विभिन्न बैंक तथा वित्तिय संस्थाहरुबाट ६२ करोड ४० लाख २९ हजार रुपैयाँ सापटी लिगेर १ अर्ब १० करोड ७१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
लघुवित्तको अन्य सुचकमा सकारात्मक परिवर्तन भएसंगै प्रतिशेयर आम्दानी३७.३८ र प्रतिशेयर नेटवर्थ १७८.७९ रहेको छ ।