फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ



काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य फेरी बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको हो । आज रातीबाट लागु हुनेगरी निगमले पेट्रोलियम पदार्थको मुल्य ३ रुपैयाँँ र खाना पकाउने ग्यासको ७५ रुपैयाँ मुल्य बढाएको छ ।

अब पेट्रोल प्रतिलिटर १ सय ३६ रूपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको भाउ १ सय १९ रूपैयाँ पुगेको छ । त्यसैगरी खाना पकाउने ग्यासको भाउ प्रतिसिलिन्डर १५ सय ७५ रूपैयाँ पर्ने छ ।

आयल निगमले कात्तिक १२ गते सबैप्रकारको इन्धनको भाउ बढाएको थियो ।


प्रतिक्रिया दिनुहोस्