छिमेक लघुवित्तको अधिकांश सूचकमा सुधार, नाफामा २३१ प्रतिशत छलाङ, प्रतिशेयर आम्दानी ४६.८० रुपैयाँ

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको खुद नाफा २३१.५४ प्रतिशत बढेर २१ करोड ४१ लाख ६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ६ करोड ४५ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
असोज मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी २३.५० प्रतिशत बढेर ५३ करोड ३८ लाख ६० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ४३ करोड २२ लाख ६६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समिक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ३१ करोड ५२ लाख ४३ हजार रुपैयाँ धनात्मक भएको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ४ करोड २८ लाख ११ हजार रुपैयाँ ऋणात्मक थियो ।
असोज मसान्तसम्म लघुवित्तको चुक्ता पूँजी २२ प्रतिशत बढेर १ अर्ब ८३ करोड रुपैयाँ, जगेडा कोष ८४.९५ प्रतिशत बढेर ३ अर्ब २८ करोड ७० लाख ५४ हजार रुपैयाँ, सापटी २.५८ प्रतिशत घटेर ५ अर्ब ५१ करोड ४८ लाख २२ हजार रुपैयाँ, निक्षेप संकलन १८.४८ प्रतिशत बढेर २३ अर्ब ५७ करोड १७ लाख ३२ हजार रुपैयाँ र कर्जा लगानी १८.७७ प्रतिशत बढेर २६ अर्ब १६ करोड ५७ लाख २५ हजार रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ४६ रुपैयाँ ८० पैसा पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १७ रुपैयाँ २२ पैसा रहेको थियो । लघुवित्तको मूल्य आम्दानी अनुपात ३७.८२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २७९ रुपैयाँ ६२ पैसा रहेको छ ।