लक्ष्मी लघुवित्त र आरएसडिसी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति छ लाभांश ?
काठमाडौं । विभिन्न दुई लघुवित्त कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लक्ष्मी लघुवित्त वित्तिय संस्था र आरएसडिसी लघुवित्त वित्तीय संस्थाले भोलि एकदिनका लाग बुकक्लोज गर्ने निर्णय गरेकाले आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् ।
लक्ष्मी लघुवित्त वित्तिय संस्थाले साधारण सभामा सहभागिता र लाभांश प्रयोजनका लागि कार्तिक भोलि ३० गते मंगलबारका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज कार्तिक २९ गते सोमबार सम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्राप्त गर्नेछन् । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ७.३६८ प्रतिशत नगद गरी कुल २७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै, आरएसडिसी लघुवित्त वित्तीय संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भोलि कात्तिक ३० गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज कार्तिक २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।