फरवार्ड माईक्रोफाइनान्सको कर्जा लगानी १७ अर्ब ७५ करोड ३ लाख, ईपीएस ५३.६७ रुपैयाँ पुग्यो « Arthapath.com
२९ कार्तिक २०७८, सोमबार

फरवार्ड माईक्रोफाइनान्सको कर्जा लगानी १७ अर्ब ७५ करोड ३ लाख, ईपीएस ५३.६७ रुपैयाँ पुग्यो



काठमाडौँ । फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद नाफा ८ करोड ३९ लाख २४ हजार रुपैयाँ पुगेको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा ६.१५ प्रतिशतले घटेको छ । लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिमा ८ करोड ९४ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।


खुद नाफासङै लघुवित्तको सञ्चालन मुनाफा पनि ओरालो लागेर १३ करोड १८ लाख ८० हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले १३ करोड १८ लाख ८० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । लघुवित्तले ७ अर्ब ५८ लाख ८ हजार रुपैयाँ आफ्नो ग्राहकहरूबाट निक्षेप सङ्कलन गरेको छ । यो गत वर्षको तुलनामा १८.७९ प्रतिशत धेरै हो । विभिन्न सङ्घ संस्थाबाट १० अर्ब ४७ करोड १२ लाख ९ हजार सापटि  लिगेर तथा निक्षेप सङ्कलनबाट लघुवित्तले १७ अर्ब ७५ करोड ३ लाख १३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यो गत वर्षको तुलनामा ३९.२३ प्रतिशत बढी हो ।

नाफा घटे पनि लघुवित्तको चुक्ता पुजी २५ प्रतिशतले बढेर ६२ करोड ५५ लाख १९ हजार रुपैयाँ पुगेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तले १२ करोड ५६ लाख १६ हजार रुपैयाँ सम्भावित जोखिम शीर्षकमा र १ अर्ब ३४ करोड ८२ लाख २ हजार रुपैयाँ जगेडा कोषमा छुटाएको हो गत वर्षको तुलनामा जगेडा कोष ३३ प्रतिशतले बढेको हो । त्यसै गरी लघुवित्तले गत वर्ष सम्भावित जोखिम शीर्षकमा १२ करोड ३३ लाख ३० हजार रुपैयाँ राखेको थियो ।

लघुवित्तको प्रतिशेयर आम्दानी ५३.६७ र प्रतिशेयर नेटवर्क ३१५.५३ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्