२८ लघुवित्तको लाभांशः सबैभन्दा बढी महिला लघुवित्तले ५० प्रतिशत दिँदा एनआईसी एशिया लघुवित्त पुच्छारमा

काठमाडौं । अधिकांश लघुवित्त कम्पनीहरूले गत वर्षको नाफाबाट दिने लाभांश घोषणा गरेका छन् । हालसम्म २८ वटा लघुवित्त वित्तीय संस्थाहरुले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेका छन् । केही लघुवित्तको साधारण सभाले उक्त लाभांश पारित समेत गरिसकेको छ भने केही लघुवित्तको बाँकी रहेको छ ।
हालसम्म लाभांश घोषणा गरेका लघुवित्तमध्ये सबैभन्दा बढी महिला लघुवित्तले ४७.५ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद गरी कूल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश घोषणा गरेका लघुवित्त संस्थाहरुमध्ये हालसम्म सबैभन्दा कम एनआईसी एशिया लघुवित्तले ५.४१ नगद लाभांश मात्रै वितरण गर्ने भएको छ ।
