नेशनल माइक्रोफाइनान्स लोभलाग्दो प्रगति, प्रतिशेयर आम्दानी १०९.३८ रुपैयाँ, नाफामा उछाल

काठमाडौं । नेशनल माइक्रोफाइनान्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १८०.४६ प्रतिशत बढेर ११ करोड ४५ लाख ९५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ४ करोड ८ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १८४.३० प्रतिशत बढेर २४ करोड ६५ लाख १६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ८ करोड ६७ लाख ९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
असोज मसान्तसम्म लघुवित्तको चुक्ता पूँजी ५८.७१ प्रतिशत बढेर ४१ करोड ९० लाख ५४ हजार रुपैयाँ, जगेडा कोष १६५.९५ प्रतिशत बढेर ६७ करोड ४४ लाख ३८ हजार रुपैयाँ, निक्षेप संकलन ५४ प्रतिशत बढेर २ अर्ब ६४ करोड ५७ लाख ५ हजार रुपैयाँ, कर्जा लगानी ८९.९६ प्रतिशत बढेर ९ अर्ब ७९ करोड १८ लाख ६२ हजार रुपैयाँ पुगेको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी ४७ रुपैयाँ ४९ पैसाले बढेर १०९ रुपैयाँ ३८ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २६० रुपैयाँ ९४ पैसा छ । खराब कर्जा भने २.२८ प्रतिशतबाट सामान्य बढेर २.९२ प्रतिशत पुगेको छ ।