एनएलजी इन्स्योरेन्स र अपि पावरको बोनश शेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

काठमाण्डौं । एनएलजी इन्स्योरेन्स र अपि पावरको बोनश शेयर नेप्सेमा सूचीकूत भएको छ । आज २ कम्पनिको बोनश शेयर नेप्सेमा सूचीकृत भएका हुन । जसअनुसार एनएलजी इन्स्योरेन्स कम्पनीको १० लाख ९ हजार ३७५.५० कित्ता बोनश शेयर नेप्सेमा सूचीकृत भएको हो ।
एनएलजी इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को नाफाबाट वितरण गरेको चुक्ता पूँजीको १० प्रतिशत बोनस बापतको बोनस शेयर नेप्सेले आजसूचीकृत गरेको हो ।
त्यसैगरी अपि पावर कम्पनीको २६ लाख २१ हजार ५९४ कित्ता बोनस पनि आजै नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत आवको मुनाफाबाट वितरण गरेको चुक्ता पूँजीको १०.५० प्रतिशत बोनस बापतको बोनस शेयर नेप्सेले सूचीकृत गरेको हो ।