विजय लघुवित्तको २१.०८५ प्रतिशत लाभांश घोषणा, बोनस कति ? « Arthapath.com
३० कार्तिक २०७८, मंगलवार

विजय लघुवित्तको २१.०८५ प्रतिशत लाभांश घोषणा, बोनस कति ?



काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तको (कार्तिक २९ गते) सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तले गत आर्थिक बर्षको नाफाबाट चुक्ता पूँजीको २०.०३१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५४ प्रतिशत नगद गरी कूल २१.०८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्