महिला लघुवित्तले बोलायो साधारण सभा, ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्ने « Arthapath.com
३० कार्तिक २०७८, मंगलवार

महिला लघुवित्तले बोलायो साधारण सभा, ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्ने



काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले साधारण सभा डाकेको छ । लघुवित्तको कात्तिक २९ गते बसेको संचालक समितिको बैठकले मंसिर २२ गते चौथौ साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीह्रुलाई ४७.५ प्रतिशत बोनश शेयर र बोनशको कर प्रयोजनको लागि २.५ प्रतिशत नगद गरि कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारीत गर्ने छ ।

त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण समूहबाट दुई जना सञ्चाकको निर्वाचन, गरी नियुक्ति गर्ने, अन्य कुनै लघुवित्तसँग गाभ्ने गाभिने सम्बन्धी प्रक्रिया अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने जस्ता प्रस्तावहरु साधारण सभामा पेश हुने छ ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि लघुवित्तले मंसिर १८ गते बुक क्लोज गर्ने छ । तसर्थ मंसिर १७ गतेसम्म कायम भएका शेयरधनीहरुले ५० प्रतिशत लाभांश पाउनेछन् ।

साधारण सभा मंसिर २२ गते हिमालय दृश्य होटल, धुलिखेल, काभ्रेमा बिहान १०ः३० बजेबाट सुरु हुने लघुवित्तले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्