देउराली लघुवित्तलाई गाभेर आरम्भ चौतारीले सुरु गर्यो एकीकृत कारोबार

काठमाडौँ । आरम्भ चौतारी लघुवित्तले देउराली लघुवित्तलाई गाभेको छ । गत वर्षमात्र मर्ज भएको आरम्भ चौतारीले बुटवलमा केन्द्रीय कार्यालय रहेको देउराली लघुवित्तलाई गाभेर हिजैबाट आरम्भ चौतारी वित्तिय संस्थाको नामबाट एकीकुत कारोबार सुरु गरेको हो ।
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले देउरालीलाई १००ः८४ स्वाप रेस्योमा प्राप्ति एकीकृत कारोबार सुरु गरेको हो । आरम्भ चौतारीको १ सय कित्ता सेयर बराबर देउरालीको ८४ कित्ता सेयर कायम हुने सहमति भएको लघुवित्तले जनाएको छ ।
दुवै लघुवित्त संस्थाले आपसमा गाभिन गत चैत ३१ गतेको विशेष साधारण सभाबाट पारित गरी नेपाल राष्ट्र बैङ्क स्वीकृतिको लागी पठाएका थिए ।
दुई लघुवित्त मर्जरभएसंगै शाखा सङ्ख्या १४९ पुगेको छ । देउरालीले यसअघि आइपिओ निष्कासन नगरेकाले मर्जरपछि एफपिओ जारी गर्ने जनाइएको छ । लघुवित्तको सीईओमा आरम्भ चौतारीका लक्ष्मीप्रसाद शर्मा रहनेछन् भने डेपुटी सीईओमा देउरालीका शिव ज्ञवाली नियुक्त भएका छन् ।

देउराली लघुवित्त वित्तीय संस्था २०७६ मङ्सिर २५ गते नेपाल राष्ट्र बैङ्कबाट ‘घ’ वर्गको वित्तीय संस्थाको रूपमा वित्तीय कारोबार गर्न इजाजत पत्र प्राप्त लघुवित्त वित्तीय संस्था हो । बुटवल उपमहानगरपालिका वडा नं ४ पाल्पा रोडमा केन्द्रीय कार्यालय रहेको देउराली लघुवित्त वित्तीय संस्था लिमिटेड प्रदेश नं. ५ कार्यक्षेत्र रहेको प्रादेशिक स्तरको संस्था हो ।
