खल्तीको सिईओमा विनय खड्का नियुक्त « Arthapath.com
१० जेष्ठ २०८२, शनिबार

खल्तीको सिईओमा विनय खड्का नियुक्त



काठमाडौं । खल्तीको सिईओमा विनय खड्का नियुक्त भएका छन् । नेपालको एक अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक (पी.एस.पी), ’खल्ती’ ले विनय खड्कालाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको घोषणा गरेको छ । २७ वर्षको उमेरमा सिइओ पदभार लिएका उनी नेपालको फिनटेक उद्योगमा सबैभन्दा कम उमेरका सीईओ भएका हुन

आफ्नो क्यारियरमा खड्काले नेतृत्व भूमिकाहरूमा गहन अनुभव बटुली सकेका छन् । उनले ’खल्ती’को व्यवस्थापन समितिसँग मिलेर ’खल्ती’को वित्तीय र डाटा सुरक्षालाई प्राथमिकता दिने भिजनमा काम गर्ने कम्पनिले जनाएको छ ।

“म यस उद्योगलाई थप सुविधा र सहजताको साथ व्यक्तिगत वित्तीय व्यवस्थापन प्लेटफर्ममा परिणत गरि भुक्तानीको लागि मात्र प्रयोग हुने दायरा भन्दा बाहिर लग्न चाहन्छु।“ खड्काले भने । खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो ।


प्रतिक्रिया दिनुहोस्