२१ प्रतिशत लाभांश पारित गर्न मेरो माइक्रोफाइनान्सको साधारण सभा मंसिर २४ गते, बुक क्लोज कहिले ?

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २४ गते शुक्रबार बिहान साढे ११ बजे नुवाकोटको विदुरमा बोलाएको हो ।
लघुवित्तको नवौं वार्षिक साधारण सभाले २१.०५२ प्रतिशत लाभांश पारित गर्ने छ । सभाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५२ प्रतिशत नगद लाभांश गरी कूल २१.०५२ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सभाले अन्य लघुवित्तलाई मर्ज वा एक्वायर गर्नेसम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने छ । त्यस्तै, लेखापरीक्षक नियुक्त गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले मंसिर ९ गतेदेखि २४ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन पाउने छन् भने लाभांश प्राप्त गर्न सक्नेछन् ।
