छिमेक लघुवित्तको ३० प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ? « Arthapath.com
२ मंसिर २०७८, बिहीबार

छिमेक लघुवित्तको ३० प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । लघुवित्तको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजी १ अर्ब ८३ करोड रुपैयाँको २७ प्रतिशतले हुन आउने ४९ करोड ४१ लाख रुपैयाँ बोनस शेयर र कर प्रयोजनार्थका लागि ३ प्रतिशतले हुन आउने ५ करोड ४९ लाख रुपैयाँ नगद लाभांश गरी कुल ३० प्रतिशत अर्थात ५४ करोड ९० लाख रुपैयाँ लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

२७ प्रतिशतका दरले बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्