नेशनल माइक्रोफाइनान्सको ४५ प्रतिशत लाभांश घोषणा « Arthapath.com
२ मंसिर २०७८, बिहीबार

नेशनल माइक्रोफाइनान्सको ४५ प्रतिशत लाभांश घोषणा



काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीहरुले लाभांश वितरण गर्ने भएको छ । लघुवित्तको मंसिर १ बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थका लागि ५ प्रतिशत नगद लाभांश गरी कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

हाल लघुवित्तको चुक्ता पूँजी ४१ करोड ९० लाख ५३ हजार ५५२ रुपैयाँ ५० पैसा रहेको छ । ४० प्रतिशत बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी ५८ करोड ६७ लाख ७४ हजार ९७३ रुपैयाँ ५० पैसा पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्