महिला लघुवित्तको नाफा ४४.२१ प्रतिशत बढ्यो, ईपीएस १७.८६ रुपैयाँले घट्दा अन्य सूचक कस्ता ?

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४४.२१ प्रतिशत बढेर २ करोड ८६ लाख ७७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसमा लघुवित्तले १ करोड ९८ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी ६०.७३ प्रतिशत बढेर ६ करोड ५५ लाख ७१ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ४ करोड ७ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
असोज मसान्तसम्म लघुवित्तको सञ्चालन मुनाफा २२.१८ प्रतिशत बढेर १ करोढ ९३ लाख ९५ हजार रुपैयाँ र अन्य सञ्चालन आम्दानी ५१.७६ प्रतिशत बढेर ८ करोड ६९ लाख ५२ हजार रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ६६.६७ प्रतिशत बढेर १० करोड रुपैयाँ, जगेडा कोष ५४.२४ प्रतिशत बढेर २२ करोड ८९ लाख ४० हजार रुपैयाँ, सापटी ५४.२४ प्रतिशत २ अर्ब ३६ करोड ५५ लाख ४४ हजार रुपैयाँ, निक्षेप संकलन ४०.४५ प्रतिशत बढेर १ अर्ब १ करोड ५८ लाख ७७ हजार रुपैयाँ र कर्जा ६२.७६ प्रतिशत बढेर ३ अर्ब ६५ करोड ३७ लाख ८१ हजार रुपैयाँ रहेको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी घटेर १३२ रुपैयाँ ५७ पैसाबाट १७ रुपैयाँ ८६ पैसा घटेर ११४ रुपैयाँ ७१ पैसामा सिमित भएको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ४५.३४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३२८ रुपैयाँ ९४ पैसा रहेको छ ।