सुनको भाउ बढ्यो, प्रतितोला कति ?

काठमाडौं । आज विहिबार सुनको भाउ बढेको छ । यस दिन सुन तोलामा २ सयले बढेर छापावाला सुन प्रतितोला ९४ हजार ५ सय र तेजावि सुन ९४ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन २ सयले बढेपनि चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदी बुधबारकै मुल्य १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो बुधबार छापावाला सुन प्रतितोला ९४ हजार ३००, तेजावी सुन ९३ हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।
