लाभांश पारित गर्न बैंक अफ काठमाण्डूको साधारण सभा मंसिर २९ गते, बुक कलोज कहिले ? « Arthapath.com
३ मंसिर २०७८, शुक्रबार

लाभांश पारित गर्न बैंक अफ काठमाण्डूको साधारण सभा मंसिर २९ गते, बुक कलोज कहिले ?



काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।

बैंकले मंसिर २९ गते बुधबार, नेपाल प्रज्ञा प्रतिष्ठानमा २७ औँ वार्षिक साधारण सभा बोलाएको हो । बैंकको सभा बिहान १० बजेदे हुने छ भने भर्चुअल माध्यमबाट समेत सहभागिता जनाउन सकिने व्यवस्था गरिएको छ ।

बैंकको वार्षिक साधारण सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र करसहित ४ प्रतिशत नगद लाभांश गरी कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ बैंकले मंसिर १० गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्