आगलागी पीडितलाई मिर्मिरे लघुवित्तले दियो राहत « Arthapath.com
१७ असार २०८२, मंगलबार

आगलागी पीडितलाई मिर्मिरे लघुवित्तले दियो राहत



काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आगलागी पीडितलाई  राहात प्रदान गरेको छ । सुनसरी जिल्ला बराह क्षेत्र नगपालिका स्थित प्रकाशपुर शाखामा आवद्ध रही लघुवित्त कारोबार गरेका सदस्य प्रकाश बहरदारलाई लघुवित्तले राहत उपलब्ध गराएको हो ।

 बुधवार दिउँसो घरमा सोलार प्यानलको बिजुली सर्किट सट भई आगलागी भएको थियो । आगलागीमा निजको घर पुरै जलेर नष्ट भएको थियो । आगलागीमा परि नगद, गहना, अन्नपात तथा लुगाफाटो सहित करिब १० लाख बराबरको क्षति भएको प्रहरी चौकी मधुवनले जनाएको छ । 

वैदेशिक रोजगारीको लागि प्रक्रिया हुँदै गरेको र म्यानपावर कम्पनीले बोलाएको हुँदा नगद घरमा नै राखेको अवस्थामा नगद सबै जलेर काम नलाग्ने भएको र केही टुक्राहरू बाँकी भएको परिवारले जनाएको छ ।

मिर्मिरे लघुवित्तले घटनाको जानकारी पाउनासाथ तत्कालै निज परिवारलाई अत्यावश्यक खाद्यान्न तथा लत्ताकपडा लगायत सामाग्री राहत स्वरूप पीडित परिवारलाई राहत उपलब्ध गराएको हो


प्रतिक्रिया दिनुहोस्