बैंक अफ काठमाण्डूका ग्राहकहरुले सन स्टार होटलमा १० प्रतिशत छुट पाउने

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले सन स्टार होटलमा १० प्रतिशत छुट पाउने भएका छन् । बैंक र सन स्टार होटल बिच भएको सम्झौता अनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुले १० प्रतिशतसम्म छुट पाउने छन् ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।