१८ औं हस्तकला व्यापार मेला तथा १६ औं हस्तकला प्रतियोगिताको बैंकिङ पार्टनरमा नबिल बैंक

काठमाडौं । १८ औं हस्तकला व्यापार मेला तथा १६ औं हस्तकला प्रतियोगिताको बैंकिङ पार्टनरमा नबिल बैंक नियुक्त भएको छ । नबिल बैंकले नेपाल हस्तकला महासंघको आयोजनामा ३ मंसिर देखि ५ मंसिरसम्म हयात रिजेन्सी होटल काठमाडौंमा सम्पन्न हुने १८ औँ हस्तकला व्यापार मेला र १६ औँ हस्तकला प्रतियोगिताको बैंकिङ्ग पार्टनरको रुपमा नेपाल हस्तकला महासंघसँग साझेदारी गरेको हो ।
नबिल बैंकको तर्फबाट एसएमई तथा माइक्रो फाईनान्स प्रमुख निरज बस्नेत डनिल र नेपाल हस्तकला महासंघका तर्फबाट नेपाल हस्तकला महासंघका महानिर्देशक तारक थापाले साझेदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाल हस्तकला महासंघ सँगको सम्बन्धलाई निरन्तरता दिंदै यस वर्ष समेत नबिल बैंकले महासंघको यस कार्यक्रममा सहयोग तथा सहकार्य गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।
एउटै छाताभित्र हस्तकला व्यवसाय प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएका यस्ता कार्यक्रममा आधिकारिक बैंकिङ्ग पार्टनरको रुपमा सहभागी हुन पाउँदा र्गवभान्वित महसुश गरेको बैंकका साना तथा मझौला उधम तथा लघुवित्त कर्जा विभाग का प्रमुख नीरज कुमार बस्नेत डनिलले बताए । हस्तकला मेलाले कोभिड १९ महामारीबाट प्रभावित हस्तकला व्यवसायलाई पुर्नरुत्थान गर्न आर्थिक पहुँच पु¥याई दक्ष जनशक्तिको रोजगारी सुनिस्चित गर्न सहयोग पुग्ने बस्नेतले बताएका हुन ।
नेपाली हस्तकला उद्यम र व्यवसाय प्रर्वद्धनका लागि आयोजना गरिने राष्ट्रिय स्तरका व्यापार मेलाहरुमा नबिल बैंकले निरन्तर रुपमा गरिआएको सहयोग र सहकार्यले उद्यमि एवं समस्त हस्तकला व्यवसायलाई उर्जा र हौसला प्रदान गरेको नेपाल हस्तकला महासंघका महानिर्देशक तारक थापाले बताए ।