एनआईसी एशिया लघुवित्तको संचालकमा ६ जना नियुक्त « Arthapath.com
५ मंसिर २०७८, आईतवार

एनआईसी एशिया लघुवित्तको संचालकमा ६ जना नियुक्त



काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि को चौथो बार्षिक साधारणसभा तथा संचालक समितिको चयन गरेको छ । प्रदेशको नं १ इटहरी, सुनसरीमा रजिष्टर्ड कार्यालय र काभ्रेपलाञ्चोकको बनेपामा कर्पोरेट कार्यालय यस लघुवित्तले मंसिर ५ गते चौथो बार्षिक साधरण सभा सम्पन्न गरेको हो ।

लघुवित्तको उक्त साधारणसभाले संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना संचालक गरी ६ जना नियुक्त गरेको हो । संस्थापक समूहबाट क्रमश कपिल ढकाल, प्रकाश बराल, विभोरकुमार अग्रवाल, दिपेश खेतान (अग्रवाल), र सर्वसाधारण समूहबाट क्रमश शशांक अग्रवाल तथा सुवर्ण पौडेल गरी कुल ६ जना संचालकहरु निर्विरोध निवार्चित भएका हुन् ।

चौथो बार्षिक साधारणसभाबाट निवार्चित भएका सम्पूर्ण सञ्चालक समितिका पदाधिकारीहरुको बैंक तथा वित्तीय संस्थाको क्षेत्रमा लामो कार्यअनुभव रहेको र विभिन्न व्यवस्थापकिय पदहरुमा समेत कार्यानुभव लघुवित्तले जनाएको छ ।

संस्थाले स्थापनाको चौथो बर्षमै नेपालको लघुवित्त क्षेत्रमा आव २०७७÷७८ मा कर्जा बृद्धिको हिसाबले प्रथम, कुल २७० वटा शाखा सहित शाखा संजालका हिसाबले प्रथम र १ लाख ४३ हजार ९१६ जना विपन्न परिवारलाई लघुवित्त सेवा प्रदान गरिरहेको संस्थाका अध्यक्ष कपिल ढकालले जानकारी गराए । गौरबमय ईतिहास रच्न सफल भएकोमा सम्पुर्ण परिवार पुलित भएको र आफ्नो कार्यकाल सफलतापूर्वक पुरा गर्ने सम्पुर्ण संचालकहरुलाई धन्यवाद व्यक्त गरे ।

संस्थाले हालसम्म मुलुकभर ७४ जिल्लामा २८५ शाखा कार्यालयहरु मार्फत आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । आव २०७८÷७९ को प्रथम त्रैमाससम्ममा रु १६ करोड २६ लाख ७५ हजार खुद मुनाफा आर्जन गरेको छ । संस्थाले लघुकर्जा तर्फ कुल लघुकर्जा रकम रु. २२ अर्ब ३ करोड ६४ लाख र बचत तर्फ रु. ३ अर्ब १९ करोड २७ लाख पुर्याउन सफल भएको छ ।

संस्थाले उत्पादनमुलक तथा कृषि क्षेत्रमा आधारित कर्जा लाई प्राथमिकतामा राखि बैंक तथा वित्तीय संस्थाहरुको न्युन उपस्थिति रहेको दुर्गम जिल्लाहरु डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक,बझाड, बाजुरा, अछाम, दार्चुला, मुगु तथा कालिकोट जस्ता दुर्गम जिल्लाहरुमा समेत शाखा विस्तार गरी वित्तीय तथा वित्तीय साक्षरता, सामाजिक जनचेतना लगायतका कार्यक्रमहरु समेत सञ्चालन गर्र्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्