शेयर बजार सामान्य बढ्दा होटल तथा पर्यटन समूहमा लगानीकर्ता आकर्षित, कारोबार खस्क्यो « Arthapath.com
६ मंसिर २०७८, सोमबार

शेयर बजार सामान्य बढ्दा होटल तथा पर्यटन समूहमा लगानीकर्ता आकर्षित, कारोबार खस्क्यो



काठमाडौं । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ । साताको पहिलो दिन आइतबार दोहोरो अंकले घटेको शेयर बजार सोमबार भने एकल अंकले बढेको हो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्ने समय भएकाले पनि लगानीकर्ता आकर्षित भएका हुन् । मौद्रिक नीतिले शेयर बजारमैत्रि कुराहरु थप्ने आशले लगानीकर्ताहरु हौषिएका छन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले सार्वजनिक गरेको वित्तीय विवरण र लाभांशले पनि बजार बढाउन मद्धत पुगेको हो ।

सोमबार नेप्से परिसूचक ७.९० अंकले बढेर २७६५.४३ अंकमा बन्द भएको हो । यसअघि आइतबार ११ अंकले बजार घटेको थियो । सोमबार दिनभरिमा २२५ कम्पनीको ७५ लाख ६५ हजार कित्ता शेयर ५१ हजार पटक किनबेच हुँदा ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोरबार रकम घटेको हो ।

आज विकास बैंक समूह ०.६५ प्रतिशत, म्यानुफ्याक्टरिङ तथा प्रो समूह ०.३८ प्रतिशत, फाइनान्स समूह ०.८८ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.२७ प्रतिशत र जीवन बीमा समूह ०.०५ प्रतिशतले घटेको छ ।

त्यस्तै, बैंकिङ्क समूह ०.१६ प्रतिशत, ट्रेडिङ समूह ०.५१ प्रतिशत, होटल तथा पर्यटन समूह ४.५१ प्रतिशत, हाइड्रो पावर समूह ०.३४ प्रतिशत, निर्जीवन बीमा समूह ०.८१ प्रतिशत, अन्य समूह १.३३ प्रतिशत, म्युचुअल फण्ड समूह ०.३६ प्रतिशत र इन्भेष्टमेन्ट समूह ०.८३ प्रतिशतले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्