६ वाणिज्य बैंकले लाभांश घोषणा गरेनन्, २१ बैंकले घोषणा गर्दा बाँकी ६ बैंकमध्ये कुनको कति क्षमता ? « Arthapath.com
८ मंसिर २०७८, बुधबार

६ वाणिज्य बैंकले लाभांश घोषणा गरेनन्, २१ बैंकले घोषणा गर्दा बाँकी ६ बैंकमध्ये कुनको कति क्षमता ?



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्न प्रस्ताव गरिहरेका छन् । अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले शेयरधनीहरुलाई गत आर्थिक बर्षको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेका छन् ।

केही कम्पनीहरुले आफ्नो वार्षिक साधारण सभाबाट समेत पारित गरेका छन् । हालसम्म २१ वटा वाणिज्य बैंकहरुले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । अझै विभिन्न ६ बैंकले लाभांश घोषणा गर्न बाँकी रहेको छ ।

हालसम्म्म नबिल बैंकले सर्वाधिक ३८ प्रतिशत लाभांश वितरण गरेकाे छ भने सबैभन्दा कम सनराइज बैंकले ७ प्रतिशतमात्रै लाभांश वितरणकाे घाेषणा गरेकाे हो ।

हालसम्म कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनसीसी बैंक, नेपाल एसबिआइ बैंक, सेञ्चुरी कमर्सियल बैंक र सिभिल बैंकले हालसम्म लाभांश घोषणा गरेका छैनन् ।

१. सिभिल बैंकले आर्थिक बर्ष २०७२–०७३ मा ३.०३ प्रतिशत, आव २०७३–०७४ मा १०.७९ प्रतिशत, आव २०७४–०७५ मा ४.०५ प्रतिशत आव २०७५–०७६ मा ६.५७ प्रतिशत र आव २०७६–७७ मा ८.४२ प्रतिशत लाभांश दिएको थियो । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५.६७ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ ।

२. कृषि विकास बैंकले आर्थिक बर्ष २०७२–०७३ मा ३० प्रतिशत, आव २०७३–०७४ मा २१.०५३ प्रतिशत, आव २०७४–०७५ मा २१.०५३ प्रतिशत, आव २०७५–०७६ मा ३० प्रतिशत र आव २०७६–७७ मा १५.७९ प्रतिशत लाभांश दिएको थियो । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई ६.५८ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ ।

३. नेपाल एसबिआई बैंकले बैंकले आर्थिक बर्ष २०७२–०७३ मा ९.४७ प्रतिशत, आव २०७३–०७४ मा १६.२३ प्रतिशत, आव २०७४–०७५ मा १५.७९ प्रतिशत, आव २०७५–०७६ मा १६.८४ प्रतिशत र आव २०७६–७७ मा ९.४७ प्रतिशत लाभांश दिएको थियो । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३.५८ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ ।

४. एनसीसी बैंकले आर्थिक बर्ष २०७२–७३ र आव २०७३–०७४ मा शेयरधनीहरुलाई लाभांश वितरण गरेको थिएन भने आव २०७४–०७५ मा १६.७२ प्रतिशत, आव २०७५–०७६ मा १५.७८ प्रतिशत र आव २०७६–७७ मा १०.८१ प्रतिशत लाभांश दिएको थियो । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई ६.८८ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ ।

५. सेञ्चुरी कमर्सियल बैंकले आर्थिक बर्ष २०७२–०७३ मा १० प्रतिशत, आव २०७३–०७४ मा १० प्रतिशत, आव २०७४–०७५ मा ६.५ प्रतिशत आव २०७५–०७६ मा ६.७५ प्रतिशत र आव २०७६–७७ मा ७.५ प्रतिशत लाभांश दिएको थियो । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई ६.५८ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ ।

६. राष्ट्रिय वाणिज्य बैंकले पहिलो पटक आर्थिक बर्ष २०७६–७७ मा ४.५० प्रतिशत लाभांश दिएको थियो । गत आर्थिक बर्ष बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ५२ करोड रुपैयाँ र चुक्ता पूँजी १० अर्ब १८ करोड रुपैयाँ रहेको थियो । यो आधारमा बैंकले ४४ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ । त्यस्तै, गत आर्थिक बर्षको असार मसान्तसम्म बैंकको प्रतिशेयर आम्दानी ४१.३२ रुपैयाँ रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्