गरिमा विकास बैंकले मंसिर १६ गतेदेखि १० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । गरिमा विकास बैंकले १० लाख क्रणपत्र निष्काशन गर्ने भएको छ । बैंकले मंसिर १६ गतेदेखि ७ वर्ष समय अवधी भएको ‘८.७५ प्रतिशत गरिमा डिबेन्चर २०८५’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।
बैंकले मंसिर १६ गतेबाट १ हजार रुपैयाँ अंकित मुल्यको १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने छ । जसमा ४० करोेड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणको लागि र बाकि रहेको ६० करोड रुपैयाँको ६ लाख कित्ता क्रणपत्र व्यक्रिगत तवरबाट बिक्री गर्ने बैंकले जनाएको छ । सवैसाधारणको लाछि छुुटाएको ४ लाख मध्ये २० हजार कित्ता सामुहिक लगानि कोषको लागि बिक्री गर्ने छ ।
इच्छ’क योग्यता प’गेकाले क्रणपत्र खरिदका लागि मंसिर २० गतेसम्म आवेदन दिन सक्नेछन । उक्त समयसम्म आवेदन नपरेमा बैंकले पुस १ गतेसम्म आवेदन दिने सममय थप गर्ने छ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।