नेप्सेमा आजदेखि २ नयाँ कम्पनीको २ करोड कित्ता शेयर कारोबारमा आउने, ओपनिङ रेञ्ज कति ? « Arthapath.com
९ मंसिर २०७८, बिहीबार

नेप्सेमा आजदेखि २ नयाँ कम्पनीको २ करोड कित्ता शेयर कारोबारमा आउने, ओपनिङ रेञ्ज कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंसिर ९, बिहीबार) देखि बिभिन्न कम्पनीको शेयर कारोबार शुरु हुने भएको छ । बिहीबारदेखि सामलिङ्ग पावर कम्पनी लिमिटेड र न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ) कारोबारमा आउने भएका हुन् । दुबै कम्पनीको २ करोड कित्ता शेयर बुधबार नेप्सेमा सूचीकृत भएको थियो ।

सामलिङ्ग पावर कम्पनी लिमिटेडको ५० लाख कित्ता आईपीओ बुधबार नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर न्युनतम ९८ रूपैयाँ ७७ पैसादेखि अधिकतम २ सय ९६ रुपैयाँ ३१ पैसासम्म ओपनिङ रेञ्ज तोकिएको छ । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि SPC सिम्बोल पाएको छ ।

त्यस्तै, न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको १ करोड ५० लाख कित्ता आईपीओ बुधबार नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर न्युनतम ९४ रूपैयाँ १३ पैसादेखि अधिकतम २८२ रुपैयाँ ३९ पैसासम्म ओपनिङ रेञ्ज तोकिएको छ । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि NYADI सिम्बोल पाएको छ । कम्पनीले असोज १५ गतेदेखि असोज १९ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्