साना किसान लघुवित्तको २६.३१ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तलेगत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई लभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट शेयरधनीहरूलाई २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तको हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५७ प्रतिशत नगद गरी कुल २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएपछि तथा संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात मात्रै शेयरधनीहरुले पाउनेछन् ।
