कालिका लघुवित्तले ३ करोड ५९ लाख ९४ हजार रुपैयाँ लाभांश वितरण गर्ने « Arthapath.com
९ मंसिर २०७८, बिहीबार

कालिका लघुवित्तले ३ करोड ५९ लाख ९४ हजार रुपैयाँ लाभांश वितरण गर्ने



काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लघुवित्तले शेयरधनीहरूलाई चुक्ता पूँजी २७ करोड ६८ लाख ८० हजार रुपैयाँको १३ प्रतिशत बोनस सेयर अर्थात ३ करोड ५९ लाख ९४ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्