मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक, शेयर कर्जाको ४/१२ को नीति यथावत(पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८–७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले शुक्रबार विहान मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो ।
राष्ट्र बैंकले मौद्रिक नीतिमा शेयर कर्जाको ४/१२ को नीतिलाई यथावत नै राखेको हो । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत सेयर कर्जामा ४/१२ को नीति ल्याएको थियो । राष्ट्र बैंकले सेयर धितो राखेर लिइने कर्जा एउटा बैंकबाट ४ करोड सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोडसम्म मात्र कर्जा लिन पाउने व्यवस्था गरेको थियो ।