निर्धन उत्थानको ३१.०५ प्रतिशत लाभांश घोषणा « Arthapath.com
१० मंसिर २०७८, शुक्रबार

निर्धन उत्थानको ३१.०५ प्रतिशत लाभांश घोषणा



काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । लघुवित्तको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.५५ प्रतिशत नगद लाभांश गरी कूल ३१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात र आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण गरिनेछ ।

हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब ६९ करोड ५० लाख रुपैयाँ रहेको छ । २९.५ प्रतिशतका दरले लाभांश वितरण गरेपश्चात लघुवित्तको चुक्ता पूँजी २ अर्ब १९ करोड ५० लाख २५ हजार रुपैयाँ पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्