महालक्ष्मी विकास बैंकको २१.०५ प्रतिशत लाभांश घोषणा, बोनस कति ? « Arthapath.com
१३ मंसिर २०७८, सोमबार

महालक्ष्मी विकास बैंकको २१.०५ प्रतिशत लाभांश घोषणा, बोनस कति ?



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई २१.०५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

बैंकको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्