घोडीघोडा लघुवित्तको वार्षिक साधारण सभा पौष १० गते

काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको सञ्चालक समितिको मंसिर १० गते बसेको बैठकले छैठौँ वार्षिक साधारण सभा पौष १० गते बोलाएको हो । लघुवित्तको वार्षिक साधारण सभा कैलालीको धनगढीस्थित रुबस होटलमा बिहान १० बजे बोलाएको हो ।
घोडीघोडा लघुवित्त र यूनिक नेपाल लघुवित्त वित्तीय संस्थाबीच २०७७ कात्तिक २१ गते मर्जर सम्वन्धि प्रारम्भिक सम्झौता भएको थियो । नेप्सेमा लघुवित्तको शेयर कारोबार २०७७ कात्तिक २३ गतेदेखि रोक्का रहेको छ । दुबै संस्थाबीच मर्जर प्रक्रिया नटुङ्गिएकाले शेयर कारोबार रोक्का जारी रहनेछ ।
