कामना सेवा विकास बैंकका एकै २ वटा शाखा उद्घाटन « Arthapath.com
१३ मंसिर २०७८, सोमबार

कामना सेवा विकास बैंकका एकै २ वटा शाखा उद्घाटन



काठमाडौं । कामना सेवा विकास बैंकले एकै दिनमा २ वटा शाखा उद्घाटन गरेको छ । कामना सेवा विकास बैंककोे नवलपरासी, सुस्ता पूर्व जिल्ला देवचुली नगरपालिका १५ प्रगतीनगर र नवलपरासी, सुस्ता पूर्व जिल्ला कावासोती नगरपालिका १६, डण्डा स्थित एकै दिनमा दुई शाखा कार्यालयहरु उद्घाटन गरी सञ्चालनमा ल्याएको हो ।

ग्राहकहरुकोे सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने बैंकले जनाएको छ । हाल सञ्चालनमा रहेको कार्यालयको पुनर्निर्माण सम्पन्न गरि मंसिर १३ गतेका दिन बैंकका अध्यक्ष्य सुदिप आचार्यले उक्त शाखाको उद्घाटन गरेका हुन् ।

सामाजिक मिडीया बैंकिङ्क, इन्टरनेट बैंकिङ्क, मोबाईल बैंकिङ्क, एसएमस बैंकिङ्क जस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । हाल बैंकले १२९ वटा शाखा, १ वटा विस्तारित काउन्टर तथा ७६ वटा एटिएममार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्