१० दिनमा वाणिज्य बैंकहरुको निक्षेप १४ अर्ब रुपैयाँ घट्यो, २१ अर्ब रुपैयाँ कर्जा बढाए

काठमाडौं । बैंकहरुमा निक्षेप संकलन घट्दै गएको छ । मंसिर महिना शुरु भएयता बैंकहरुमा निक्षेप संकलन घटेको हो । यो महिना शुरु भएयता अर्थात १० दिनमा १४ अर्ब रुपैयाँले घटेको हो । वाणिज्य बैंकहरुले कात्तिक मसान्तसम्ममा ४२ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । तर गत शुरुक्रबारसम्म आइपुग्दा वाणिज्य बैंकहरुको निक्षेप संकलन १४ अर्ब रुपैयाँले घटेर ४२ खर्ब १९ अर्ब रुपैयाँ मात्रै संकलन गरेका छन् ।
सातामा भने निक्षेप संकलन ६ अर्ब रुपैयाँले घटेको छ । गत साता अर्था मंसिर ३ गते ४२ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुको ६ अर्ब रुपैयाँ निक्षेप घटेको हो ।
यता, वाणिज्य बैंकहरुले १० दिनमा २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । कात्तिक मसान्तसम्म बैंकहरुले ४० खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । १० दिनमा २१ अर्ब रुपैयाँले बढेर मंसिर १० गतेसम्ममा ४० खर्ब ५५ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका हुन् । त्यस्तै, सातामा वाणिज्य बैंकहरुले १४ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । मंसिर ३ गतेसम्म बैंकहरुले ४० खर्ब ४१ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका थिए । सातामा १४ अर्ब रुपैयाँ कर्जा बढाएका हुन् ।
वाणिज्य बैंकहरुको निक्षेप संकलन घटरिहेको छ भने अर्काेतिर कर्जा विस्तार बढेको छ ।