भक्तपुरको कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा विस्तार « Arthapath.com
१४ मंसिर २०७८, मंगलवार

भक्तपुरको कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा विस्तार



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले भक्तपुर जिल्लाको कमलविनायक स्थित शाखा कार्यालय कमलविनायक विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मंगलबार विधिवत रुपमा उक्त शाखाको उद्घाटन गरेको हो ।

अवसरमा नगर प्रमुख सुनिल प्रजापतिले नगरपालिका लगायत सरकारी कार्यालयहरुको सरकारी कारोबार राष्ट्रिय वाणिज्य बैंक मार्फत गर्ने सोच रहेको बताए । उनले भक्तपुर जिल्ला धार्मिक, पर्यटकीय र कृषि क्षेत्रमा आधारित भएकाले सोही अनुसारको व्यवसाय विस्तार गर्नुपर्ने बताएका छन ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आम नागरिकलाई आधुनिक बैंकिङ्ग सेवा प्रवाह गर्दै जाने बताए । श्रेष्ठले बैंकले भक्तपुरमा उद्योग वाणिज्य संघ लगायत संघसंस्था तथा व्यवसायीहरुसंग सहकार्य गर्दै अगाडि बढ्ने जानकारी दिएका छन ।

बैंकले हाल सातै प्रदेश, ७७ जिल्लामा २५६ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्गमार्फत सेवा दिदै आएको छ


प्रतिक्रिया दिनुहोस्