मुक्तिनाथ विकास बैंकको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य « Arthapath.com
१५ मंसिर २०७८, बुधबार

मुक्तिनाथ विकास बैंकको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य



काठमाडौं । मुक्तिनाथ विकास बैंकको शेयर मूल्य समोयजना भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मुक्तिनाथ विकास बैंकको शेयरमूल्य समायोजन भएको हो । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य तोकेको हो ।

नेप्सेले बैंकको १७.५७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात बैंकको शेयर मूल्य प्रतिकित्ता ५७१ रुपैयाँ ६४ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयर मूल्य समायोजन गरेको हो । मंगलबार बैंकको शेयर प्रतिकित्ता ६७२ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १७.५७ प्रतिशत बोनस शेयर र ०.९२ प्रतिशत नगद लाभांश गरी कूल १८.४८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकले मंसिर २५ गते १५ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभाले प्रस्ताब गरेको लाभांस पारित गर्नेछ । बैंकको वार्षिक साधारण सभा होटल जल महल घारीपाटन पोखरामा विहान ९ वजे शुरु हुनेछ ।


प्रतिक्रिया दिनुहोस्