एनसीसी बैंकको लाभांश घोषणा, बोनश शेयर कति ? « Arthapath.com
१५ मंसिर २०७८, बुधबार

एनसीसी बैंकको लाभांश घोषणा, बोनश शेयर कति ?



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको मंसिर १४ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट शेयधनीहरुलाई ८.४२ प्रतिशत लाभांश घोषणा गरेको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.२ प्रतिशत नगद गरी कूल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको उक्त लाभांश नोपल राष्ट्र बैंकले स्वीकृति दिएपश्चिात र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्