श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ११ प्रतिशत लाभांश घोषणा « Arthapath.com
१५ मंसिर २०७८, बुधबार

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ११ प्रतिशत लाभांश घोषणा



काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । फाइनान्सको मंसिर १४ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।

फाइनान्सले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ७.७० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ३.३० प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

फाइनान्सले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति पश्चात् र फाइनान्सको आगामी साधारण सभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्