लक्ष्मी बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ? « Arthapath.com
१५ मंसिर २०७८, बुधबार

लक्ष्मी बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । लक्ष्मी बैंकले साधारण सभा बोलाएको छ । हिजो बसेको बैंक संचालक समितिको बैठकले पुस ८ गते २१ औं साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाले आर्थिक वर्ष २०७७.७८ को मुनाफाबाट शेयरधनीह्रुलाई वितरण गर्न प्रस्ताव गरेको ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ३।५ प्रतिशत नगद लाभांश गरि कुल ११। ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णयलाई पारीत गर्ने छ ।

साधारण सभा तथा लाभांश प्रयोजनका लागि बंकले मंसिर २४ गते बुक क्लोज गर्ने छ । तसर्थ मंसिर २३ गतेसम्म कायम शेयरधनीहरुले प्रस्तावित लाभांश पाउने छन । साधारण सभा पुस ८ गते अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे सुरु हुने छ ।


प्रतिक्रिया दिनुहोस्